१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरा पति नै ह्यान्डसम, कसैको पति आवश्यक छैनः सनी लियोन

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार ०३:५२

विवाद, आलोचना तथा विरोध हुँदाहुँदै पनि पूर्वपोर्नस्टार सनी लियोनले अहिले बलिउडमा रामै्र काम पाइरहेकी छिन्। उनले केहीदिनअघि मात्र शाहरुख खानको फिल्म ‘रइस’को गीत ‘लैला ओ लैला’ को सुटिङ गरिन्।
त्यसपछि मिडियासँग खुल्दै उनले शाहरुखसँग काम गर्दाको अनुभव सेयर गरेकी छिन्। ‘शाहरुख खानसँग काम गर्न पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो, उनले भनकी छिन्, ‘यो फिल्ममा काम गर्नका लागि पनि मैले धेरै मेहनत गर्नुपर्ने भयो। तर, अब यो अत्यन्त फाइदाजक भएको छ।
उनीले रइसको गीतबारे कुरा गर्दैगर्दा उनलाई सोधियो, ‘तपाईंलाई त ठूला अभिनेताहरुले आफ्नी श्रीमती रिसाउने भएकाले पनि अफर गर्दैनन् र नि?’ यस्तो प्रश्न सनीलाई पहिले पनि गरिन्थ्यो। पहिले–पहिले यस्तो प्रश्न सुन्दा रिसाउँने सनीले यसपटक भने खुलेर कुरा गरिन्, ‘मेरा पनि अत्यन्त ह्यान्डसम छन्, र उनी सधैं मसँगै हुन्छन्। मलाई अरु कसैका पतिको आवश्यकता छैन।
– नयाँ पत्रिकाबाट