६ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार ०६:२२

काठमाडौं । व्यवस्थापिका संसदको बैठक बस्दैछ । आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न सरकार आजको बैठकमा संविधान संशोधन विधेयक ‘टेबुल’ गर्ने तयारीमा छ । एमालेसहित विपक्षी नौ दल भने विधेयक रोक्ने कसरतमा छन् । निर्वाचनसँग सम्बन्धित विधेयक पेश गरे भने संसद सुचारु गराउन सकिने विपक्षीको भनाइ छ । संसद बैठक अघि सहमति कायम गराउन सभामुख ओनसरी घर्तीले प्रमुख दलबीच छलफल गराउने तयारी गरेकी छन् । सर्वाेच्च अदालतको आदेशपछि एमालेकै आग्रहमा सभामुख घर्तीले आजसम्मको लागि संसद बैठक स्थगित गरेकी थिइन । तर यो बीचमा प्रमुख दलबीच संसद सुचारु गर्ने विषयमा औपचारिक वार्ता नभएकाले पनि संसद बैठक प्रक्रियामा प्रवेश गर्ने संभावना कम छ । सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने विपक्षीको अडान छ ।