१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नक्साल भगवती जाने सडक भासियो

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार ०६:४९

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट नक्साल भगवती जाने सडक भासिएको छ । सडक भासिएपछि गएरातिदेखि नै सो सडकमा यातायात अवरुद्ध भएको छ । सडक नजिकै बनाउन लागिएको हिल्सन होटलको जग खन्ने क्रममा सडक भासिएको हो ।
निर्माण कम्पनीको लापरबाहीका कारण सडक भासिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । काठमाडौं महानगरपालिकाको लापरवाहीले सडक विग्रेको भन्दै उनीहरुले दोषिलाई कारवाही गर्न पनि माग गरेका छन् ।
सडक करिब २५ मिटर भासिएकोले भगवती मन्दिरदेखि बाल मन्दिर चोकसम्मको सडकमा दुबैतर्फ सवारी आवागमन बन्द गरिएको छ ।