१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रतिपक्षीले आज पनि संसद चल्न दिने ?

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार ०६:५४

काठमाडौं । एमालेलगायत नौ प्रतिपक्षी दलले आज पनि संसद चल्न नदिने निर्णय गरेका छन् । सभामुख ओनसरी घर्तीले संसद चल्नुभन्दा अगाडि डाकेको सर्वदलीय बैठकमा सत्ता पक्षले संसद खोल्न पहल नगरेको भन्दै संसद आज पनि अवरुद्ध पार्ने निर्णय गरे । तर हिजो वामदेव गौतम निवासमा बसेको एमाले बैठकले राष्ट्रहितको प्रस्ताव आए संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।
एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले संविधान संशोधन विधेयकका सम्बन्धमा सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्न सरकारले त्यसलाई फिर्ता लिनुपर्ने अडान पनि दोहो-याएको छ ।
संशोधन प्रस्तावको विरोधमा शुक्रबारको काठमाडौँको जनप्रदर्शन सफल रहेको निचोड निकाल्दै बैठकले निर्वाचन र अन्य प्रक्रियाका सम्बन्धमा अन्य दलसँग संवाद गरेर गतिरोध फुकाइ मुलुकलाई निर्वाचनतर्फ लैजान जोड दिइएको सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो ।