४ बैशाख २०८१, मंगलवार
Follow Us

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की पदमुक्त

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार १२:१७

काठमाडौं । सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चको यो फैसलासँगै निलम्बित अख्तियार प्रमुख कार्की पदमुक्त भएका छन् । उनी नियुक्ति भएको ४४ महिनामा पदमुक्त भएका हुन् ।