८ बैशाख २०८१, शनिबार
Follow Us

सुस्तःमनस्थिती कल्याणको रजत महोत्सव सम्पन्न

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार १२:५८

चितवन । राष्ट्रिय सुस्तःमनस्थिती कल्याण संस्था नेपाल चितवन शाखालेसंस्थाको २५ औ वर्ष प्रवेशको अवसरमा आयोजीत रजत महोत्सवको समापन शनिवनर एक कार्यक्रमका बिच गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाले चितवन विकासका हिसावले अग्रणी स्थानमा रहेको बताउदैं सुस्तमनस्थिती भएकाहरुको हकहितमा समेत जिल्ला अग्र स्थानमा रहेकोे बताउनुभयो । सुस्तमनस्थिती भएका व्यक्तिहरुको लागि चितवन शाखाले सरा्नीनिय कार्य गरेको उहाँले बताउनुभयो ।
महिला विकास कार्यलय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले वौद्धिक अपांगहरुका क्षेत्रमा काम गर्न गार्हो हुने भन्दै सामाजीक संघसस्थाको पहलमा भएका उदारणीय कार्यहरुलाई प्रोत्साहन गरिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य निर्मल कुमार श्रेष्ठले सुस्तमनस्थिती भएका व्यत्तिहरुको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।,उनिहरुको लागि बन्ने परिचयपत्र बारे समेत सहि मापदण्ड र नियम नबनेको प्रति उहाले चिन्ता व्यत्त गर्नुभयोे ।
कार्यक्रममा सुस्तःमनस्थितीको क्षेत्रमा सहयोग पुर्याएका विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
जस अन्तर्गत स्पेशल ओलम्पिकमा सहभागि भइ पदक पाएका सुस्तमनस्थिती भएका १६ .जना लाई समेत सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा संस्थाको रजत स्मारिका समेत लोकार्पण गरिएको थियो ।
रजत महोत्सवको सन्र्दभ पारेर , सस्थाले विद्यालय छात्रछात्राहरुलाई स्टेशनरी वितरण गरिएको , सुस्तमस्थिती का बिच फुटवल प्रतियोगीतो, रामजानकी बालीका आश्रम रहेका बालीकाहरुलाई न्यानो कपडा वितरण लगायतको कार्यक्रम गरेको महोत्सवका मुल समिति संयोजक तथा राष्ट्रिय सुस्तमनस्थिती कल्याण संस्था चितवन शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सुस्त मनस्थिती भएका १ सय २५ जना छात्रछात्रालाई चितवन जिल्लाका ५ विद्यालयमा अध्यन अध्यापन गर्न सहयोग गरिरहेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सो कार्यक्रम केन्द्धिय उपाध्यक्ष तथा चितवनका सस्थापक अध्यक्ष मुक्तिनाथ अधिकारी , महोत्सवका सदस्य सचिव दिनानाथ न्यौपाने, चितवनका उपाध्यक्ष इश्वर कुमार श्रेष्ठ लगायतकाले बोल्नु भएको थियो । मुल समिती संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुस्तमनस्थिती भएकाहरुको समेत उपस्थिती रहेको थियो।
सृजना अर्याल