१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनमा ‘सरसर्ती संसार’ को भव्य विमोचन (भिडियो)

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार १९:२७

लन्डन । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सर्सर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना नेपालब्रिटेनडटकमले गरेको थियो।
पश्चिम लण्डनको भेन्यु फाइभ रेष्टुरेण्टमा आयोजित समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि डा दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको बताउनुभयो। एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक लामिछानेले लेखकको पनि पहिचान बनाएको उहाँले बताउनुभयो।

प्रा. बालकृष्ण पोखरेलको शब्दमा निजात्मक यात्रा ‘नियात्रा’ लेखकहरुको पंक्तिमा उभिन आइपुग्नुभएका लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना परिपोषित रहेको उहाँले टिप्पणी गर्नुभयो। आफुले राजदूतको रुपमा बेलायतमा कार्यभार संहालेको १०० दिन पुरा भएको स्मरण गर्नुहुँदै राजदूत क्षेत्रीले नेपाल ब्रिटेन संबन्धको २०० वर्ष पुरा भएको अवसरमा दुबै देशमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको पनि जानकारी दिनुभयो।

हाल लण्डन आइपुगेका मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले नेपालका राजनीतिकर्मीहरुले पनि यो पुस्तकबाट धेरै सिक्न सक्ने बताउनुभयो। लेखकले आफ्नी धर्मपत्नी डा. विन्दिता लामिछानेको दबाबमूलक प्रेरणाले आफुलाई पुस्तक लेख्न प्रोत्साहित गरेको उल्लेख गरेको बताउँदै त्यस्तो दबाबमूलक प्रेरणाले आगामी दिनमा पनि अरु राम्रा कृतिहरु प्रकाशन हुनसकुन् भन्ने शुभकामना पनि दिनुभयो।
राजदूत सुवेदी तथा सांसद देवले पुस्तकको संयुक्तरुपमा लोकार्पण गर्नुभएको थियो।

पुस्तकको समीक्षा गर्दै पत्रकार तथा कवि नारायण गाउँलेले हाम्रा धर्मग्रन्थहरुले जीवनलाई यात्रा र संसारलाई एउटा बिसौनीको संज्ञा दिएको चर्चा गर्दै यात्राले जीवनलाई स्वच्छ, सुन्दर र सार्थक बनाउने बताउनुभयो। २२० पृष्ठमा अटाएका २९ वटा संस्मरणहरुमा लेखकको तथ्यगत सचेतता, मनोहर भाषा शैली, आख्यानतत्व र इतिहासचेत व्यक्त भएको गाउँलेले बताउनुभयो।

लामिछानेसंग लामो समयसम्म सहकार्य गरेका एनआरएनएका पूर्व प्रवक्ता डा. हेमराज शर्माले लामिछाने लिखित ‘सर्सर्ती संसार’ पुस्तकका प्रत्येक अध्यायमा नेपालप्रतिको मोह र नेपाल विकसित हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको बताउनुभयो। उहाँले एनआरएन अभियान र व्यवसाय संबन्धी आफ्नो अनुभवबारे पनि छुट्टाछुट्टै पुस्तकहरु लेख्न लामिछानेलाई सुझाव पनि दिनुभयो।

पत्रकार फडिन्द्र भट्टराईले संसारको जुनसुकै ठाउँ पुगे पनि लेखकले नेपाललाई संगसंगै लिएर गएको र विकसित नेपालको कल्पना गरेको बताउनुभयो।
एनआरएनका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले लामिछानेको नेतृत्वमा एकहजार जना गैरआवासीय नेपालीहरुले एउटा इन्भेस्टमेन्ट कम्पनी खोलेर नेपालको जलविदुयुत क्षेत्रमा लगानी गरेको स्मरण गर्दै उहाँको कार्यकुशलताको प्रशंसा गर्नुभयो। ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पशुपति भण्डारीले लामिछानेलाई नेपालका पर्यटकीय स्थलहरुबारे पनि लेख्न अनुरोध गर्नुभयो। त्यस्तै एबिआइ कलेजका सिइओ कृष्ण भट्ट तथा एनआरएन आइसिसि सदस्य संगीता मरहट्टाले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले सर्सर्ती संसार पुस्तकको एउटा अध्याय वाचन गर्नुभएको थियो भने पत्रकार नरेन्द्र बस्नेतले लामिछानेको जीवनीबारे तयार पारिएको अडियो प्रोफाइल प्रस्तुत गर्नुभएको थियो।

नेपालब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा सम्पन्न सभामा सोही अनलाइनका निर्देशक विश्वप्रकाश पण्डितले उपस्थित सहभागीहरुको स्वागत गर्नुभएको थियो। कार्यक्रमको सन्चालन पत्रकार चिरन शर्माले गर्नुभएको थियो। नेपालब्रिटेन डटकमका अर्का निर्देशक कमल भण्डारीले अतिथिहरुलाई खादा लगाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रममा लेखक लामिछानेले पाठकहरुले किनेका पुस्तकप्रतिहरुमा हस्ताक्षर गर्नुका साथै आफ्नो मन्तव्य पनि व्यक्त गर्नुभएको थियो। लण्डनमा पुस्तक बिक्रीबाट संकलित रकम बागलुङ जिल्लामा एम्बुलेन्स किन्न सहयोगस्वरुप प्रदान गरिने पनि घोषणा गरिएको थियो।
कार्यक्रममा ब्रिटेनस्थित एनआरएनका अगुवाहरु, भूतपूर्व गोर्खा परिवार, व्यवसायी, समाजसेवी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो।

1

15874951_1761639884156724_8348477459938490008_o

15895479_1761644477489598_7702640424652699785_o

15895520_1761644770822902_7951582763788488065_o

15895688_1761641000823279_8113112278481929546_o

15895743_1761639507490095_1412028039369835972_o

15895818_1761644067489639_2652569434156194490_o

15895860_1761643127489733_217844149217687109_o

15936337_1761642670823112_2661265374925244556_o

15936888_1761643130823066_3562848966679081774_o

15937191_1761639070823472_3881552533516812953_o
11

22

44

333

फोटो – शीब भण्डारी