१५ चैत्र २०८०, बिहीबार
Follow Us

कलाकार ध्रुब दत्तले जिते उत्कृष्ट अभिनेताको अवार्ड

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७८, बिहीबार २१:४२

लण्डन। गत साता काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । बेलायतमा रहेर कलाकारितामा सक्रिय कलाकार ध्रुब दत्तले तीन घुम्ती, आवेग, बिरताको चिनोलगायतका दर्जन बढी ठूलो पर्दाका फिल्मीमा अभिनय गरेका छन । कुशल अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेता दत्त प्रवासमा रहेर पनि निरन्तर रुपमा कलारितामा सक्रिय छन् ।

त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो पटक निर्देशन मै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले गत बैशाख १४ गते आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए ।

जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए ।

त्यस्तै उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे । बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।