१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७८, शुक्रबार ०७:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान सुरु गरेको छ ।

कोभिड १९ को दोश्रो लहरले मातृभूमी नेपाल आक्रान्त भए पछि अस्पतालमा अक्सिजन, आइसियू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्न थाले पछि संघले सो अभियान सुरु गरेको हो ।

संकटको घडीमा “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका साथ आर्थिक संकलन अभियान थालेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पुर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।

संघले सुझाव संकलन गर्न मे १५ तारिख शनिबार नेपाल समय साँझ ६ बजे एक बैंठकको आयोजना गरिएको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भए यता निम्नानुसार सहयोगको सुरुआत गरेको संघले जनाएको छ ।

• ओमानबाट ५५० अक्सिजन सिलिण्डर मे १५ तारिख नेपाल पुग्दैछ । सिलिण्डरको लागि लाग्ने करिब रु ७५ लाख मध्यपूर्वका गैरआवासीय नेपालीहरुले जुटाउने हुनु भएको छ भने ढुवानीको व्यवस्था नेपाल सरकारले गरेकोछ ।

• चाईनबाट १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दैछ । यसको लागि रु १ करोड ३७ लाख खर्च लाग्नेछ । जस मध्ये एनसीसी चाईनले ७० अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ । ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय हुदैछ ।

• एनसीसी अष्ट्रेलियाले रु १ करोड बराबर र एनसीसी युएसएले कम्तिमा रु ६० लाख बराबर सहयोग जुटाउने अभियान शुरु गरेका छन् ।

• अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुबाट रु १५ लाख बराबरको अक्सिजन सिलिण्डर नेपालको बिभिन्न अस्पतालमा वितरण गरिएकोछ ।

• अन्य एनसीसीहरुबाट सहयोग संकलन अभियान शुरु गरेका छन् ।

• अनलाईनबाट आम गैरआवासीय नेपालीहरुबाट सहयोग संकलन गरिनेछ ।

• नेपालका सातैं प्रदेशमा टेलिफोन हटलाईटनबाट कोभिडका बिरामीहरुलाई स्वास्थ्य सेवा शुरु गरिएकोछ ।

• संघको स्वास्थ्य समिति र नेपाल मेडिकल एसोसिएसन मार्फत देश र विदेशमा रहका मेडिकल डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु बिच कोभिडसँग जुध्न सहकार्य गरिदैछ ।

सहयोग गर्ने खाता नम्बर

BOK Account number:

Account Number: 012500000402524
Account Name: NRNA Charity Fund
Bank Name: Bank of Kathmandu
Branch:Tripureshwor