१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएले उपलब्ध गराएको सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७८, शनिबार ०४:१५

काठमाडौँ। नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो ।

आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । शनिबार साँझ नै चीनको बेईजिङमाको लागि पनि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले एयरलाइन्सले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी गरेको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।