१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७८, शनिबार ०४:१९

काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,’ नेता रावलले भने, ‘त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।’