७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद् बैठक अघि बढ्यो

नेपालब्रिटेन डट कम्
२५ पुष २०७३, सोमबार ०८:३१

काठमाडौं । नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ ।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ । गत मङ्सिर १४ गतेयता विपक्षीले सदन सञ्चालनमा अवरोध गर्दै आएका थिए । विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दै हुनुहुन्छ ।