१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन संस्थापक अध्यक्ष डा. महतोद्धारा नयाँ स्वास्थ्य सेवा शुरु

नेपालब्रिटेन डट कम्
२५ पुष २०७३, सोमबार १७:२४

काठमाण्डौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्क्षय डा. उपेन्द्र महतोले आमा र बच्चाका लागि नयाँ स्वास्थ्य सेवा सुरु गरेका छन् ।
सिरहाको कर्जन्हामा रहेको फुलकूमारी महतो मेमोरियल अस्पतालको हाता भित्र आमा र बच्चा विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु गरिएको हो ।
सो सेवाको उद्धघाटन नेपालका लागि भारतीय राजदूत महामहिम श्री रन्जित रेले सोमवार एक समारोहका बीच गरे ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. बिरेन्द्र प्रसाद महतो, सांसद अ्मरेश सिंह लगायतले शुभकामना मन्तब्य दिएका थिए ।