१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मधेशको मुद्दा सम्बोधन नगरी संविधान कार्यान्वयन हुँदैन : कमल थापा

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार ०७:१३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनको लागि मधेसी मोर्चाको माग सम्बोधनको विकल्प नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाद्वारा जनकपुरमा आयोजित पार्टी प्रवेश तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि २०७४ माघ सातभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले समेत संविधानप्रति असन्तुष्ट दलका उचित माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । अध्यक्ष थापाले संविधानसभा वहिस्कार गरेर सडकमा आन्दोलन गरिरहेका मधेस केन्द्रित दल सदनमा आएर छलफलमा बसेका बेला सडक आन्दोलनको औचित्य नरहेको बताए । संसदमा कुनै पनि बिषय छलफलै गर्न नदिने एमालेको सोच त्रुटिपूर्ण रहेको उनको टिप्प्णी थियो । अध्यक्ष थापाले संसदमा पेश गरिएको संविधान संशोधन विधेयक एकतर्फी रहेको भन्दै आफूहरुसँग सामान्य परामर्श समेत नगरिएकोमा आपत्ति जनाए ।