१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीयता तत्काल खारेज गरे : केसी

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार ११:१३

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै कारण मुलुक बिखण्डनको क्रममा रहेको दावी गर्दै अखण्ड नेपाल रोज्ने कि संघीयता भन्ने प्रश्न दोहो-याएका छन् । भक्तपुरमा आज आयोजित अन्तरक्रियामा अध्यक्ष केसीले संघीयताकै कारण हिमाल, पहाड र तराईबीचको हार्दिकता हराउँदै गएको, पहाड र तराइलाई अलग गरेर विदेशी रिजाउन खोजेको तथा कालान्तरमा नेपालको अस्तित्व नामेट गर्ने षडयन्त्र भइरहेको भन्दै संघीयता खारेज गर्नुपर्ने दोहो-याएका हुन् । जबरजस्ती थोपरिएको संघीयताले नेपालको कहिल्यै हित नगर्ने उनको भनाइ थियो । फरक प्रसंगमा अध्यक्ष केसीले विपक्षीको विरोधका बीच संविधान संशोधन विधेयक ‘टेबुल’ गराएर सरकारले संसदको मर्यादा विपरित ‘गाइजात्रा’ गरेको टिप्प्णी गरे । उनले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाएका थिए ।