१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा सेफ भित्राउन हस्ताक्षर अभियान

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार १३:०८

 

 लन्डन । बेलायत सरकारको कडा अध्यागमन नियमले सेफ अभाव बढेको जनाउंदै नियम परिवर्तनका लागि दवाव दिन हस्ताक्षर अभियान शुरु भएको छ । टियर टु अन्तर्गत बाहिरबाट अनुभवी सेफ झिकाउन वा बेलायतमै स्पोन्सर गर्न नियम वाधक भएको भन्दै रेष्टुरेन्ट व्यवसायमा संलग्न हंसराज राम र बिष्णु खरेलले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।

 

इ पिटिसनमा उनीहरुले सर्टेज अकुपेसन रुल परिमार्जन गर्न सरकारसंग माग गरेका छन् । सरकारको नियममा सेफहरु सर्टेज अकुपेशन लिष्टमा परेपनि टेक वे डेलिभरी गर्ने रेष्टुरेन्टबाट सेफ झिकाउन वा यूकेबाटै स्पोन्सर गर्न अनुमति छैन् । अधिकांश नेपाली रेष्टुरेन्टमा टेक वे डेलिभरी हुने भएकाले ति रेष्टुरेन्टले अभाव खेपिरहेको खरेलले बताए । दशहजार अनलाइन हस्ताक्षर पुगे सरकारले यसबारे जवाफ दिने र एक लाख पुगे संसदमै वहस हुने खरेलले बताए ।

खरेलका भनाइमा सेफ अभावले बेलायतमा नेपालीसहित एसियन करी विजनेश दयनीय अवस्थामा छन् । गार्डियनको एउटा रिपोर्ट अनुसार सेफ अभावले एक तिहाइ रेष्टुरेन्ट बन्द हुन सक्ने चिन्ता व्यवसायीमा छ । करिब ४.२ बिलियन पाउण्डको यस उद्योगले झण्डै लाखलाई रोजगारी दिएको छ । अनलाइन हस्ताक्षरका लागि Click Here