१४ बैशाख २०८१, शुक्रबार
Follow Us

घूससहित झा पक्राउ

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार १४:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।