११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए यूके लगायतले पठाएको १४०५ थान अक्सिजन कन्सल्ट्रेटर लिएर उड्यो नेपाल एअरलायन्स (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७८, शनिबार ०८:१४

लण्डन। चीनबाट १५ करोड हाराहारीको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषसहितको विभिन्न राष्ट्रीय समन्वय परिषद तथा विभिन्न संघ संस्थाहरुले खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार अभियानमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को समन्वयमा विभिन्न रास्ट्रिय समन्वय परिषदहरुले सहयोग संकलन गरेर अहिले नेपालको लागि अत्याबस्यक स्वास्थ्य सामग्री मध्य ठूलो मात्रामा अक्सिजन कन्संत्रेटर तथा अन्य सामग्री बोकेर चिनको ग्वान्जौ सहरबाट नेपाली ध्वजावाहक विमान नेपाल प्रस्थान गरेको हो ।

१४०५ थान अक्सिजन कन्सल्ट्रेटर, २० हजार ८० टेस्ट किट्स, २ पिस भेन्टिलेटर लिएर नेपाल वायुसेवा निगमको जहाज ७ औ पटक चीनबाट काठमाण्डौ उडीसकेको हो ।

अक्सिजन कन्सन्ट्रेटर लगायतका सामाग्री एनआरएनए चीन, बेइजिङ स्थित नेपाली दुतावास र ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावसको सहयोगमा नेपाली ध्वजावाहक विमानले ग्वान्जौ एअरपोर्टबाट सामान लोड गरी नेपाल प्रस्थान गरिसकेको हो ।