१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा पर्यटन भित्राउन भण्डारी सकृय

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार ०७:४३

लन्डन । नेपाल पर्यटन बोर्डको यूके प्रतिनिधि चुनिएपछि बेलायतस्थित एक ब्यवसायी पशुपति भण्डारी नेपालकोे पर्यटन प्रवर्धनलाई तीव्रता दिन सकृय रुपमा लागेका छन् ।
एभरेष्ट इनका अध्यक्ष समेत रहेका भण्डारी भण्डारी आफ्नो व्यवसायलाई समेत वेवस्था गर्दै नेपालमा पर्यटन भित्राउन अभियानमा सकृय छन् । यसैक्रममा एभरेष्ट इन ग्रुपले बेलायती विद्यार्थी र शिक्षकहरुलाई नेपालबारे जनाकारी दिने उदेश्यले एक पर्यटन कार्यक्रमको आयोजना गरेको छ ।
साउथ इष्ट लन्डनको चाल्टर्नमा अवस्थित चाल्टर्न म्यानर प्राइमरी स्कुलका ५७ विद्यार्थी र हेड टिचरसहित १२ जना शिक्षकलाई नेपालका पर्यटकीय स्थलहरुको बारेमा बिस्तृत जानकारी दिएको छ ।
एभरेष्ट इनमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले नेपाली कला संस्कृति, खाना, पर्यटन, देश, बुद्ध जन्मस्थल, सगरमाथा, बेलायत नेपाल दुई सय वर्षको सम्वन्ध आदिबारे जानकारी दिए । एभरेष्ट इनले यस्तो कार्यक्रम गरेको यो चौंथो वर्ष हो । एभरेष्ट इनले स्थानीय समुदायसंग समायोजन र नेपालको पर्यटन प्रवर्धनका लागि विगत देखि नै पहल गर्दै आएको छ ।
15895179_1180096288753688_5033139089276093702_n-768x575

बेलायतीलाई नेपालबारे जानकारी दिंदै नेपालप्रतिको माया बढाउन यस्तो कार्यक्रम गरिएको समूहका निर्देशक यादव भण्डारीले बताए । कार्यक्रममा हेड टिचर टिम बेकरले आफूहरुको आतिथ्यका लागि आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई नेपाल लैजानेबारे छलफल गरिने बताएका थिए ।

स्थानीय जिमी मिजन फाउण्डेशनसंग सहकार्य गरि विभिन्न च्यारिटी गरेको एभरेष्ट इनले गत वर्ष १८ जना बेलायतीलाई नेपाल भ्रमणमा पठाएको थियो । त्यसैगरि, लुइसाम नर्थ स्काउट्स अन्तर्गत ४१ जनालाई नेपालमा तीन साताको भ्रमण गराउन पनि एभरेष्ट इनले उल्लेख्य सहयोग गरेको थियो ।

15942132_10209508703568719_1128260360_n

15966406_10209508703608720_1617275777_o

15967005_10209508703808725_234244622_o