१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्पेनमा दूतावास दिन सरकार किन अनुदार ?

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार ०७:५६

स्पेन । पोर्तुगलमा बसोबास गर्ने गैर आवासीय नेपालीहरु दुवै देशमा राजदुताबास स्थापनार्थ लागी सन २००७ देखि नै लागि परेका हुन् । विदेश स्थित कुटनीतिक नियोगका उच्च पदाधिकारी ज्यू हरु ,पररास्ट्र मन्त्रालय लगाएत सबै जसो मन्त्रालयका सरकारी कर्मचारी ,नेता हरु देखि अभिनेता सम्म भेटघाट अन्तरक्रिया गर्न देखि खादा माला लगाउन कसैलाई बाकि राखेका छैनन्। यूरोपका विभिन्न देशमा अबस्थित दुताबासमा महामहिम राजदुत ज्यूहरु फेरिए लगतै सकी नसकी भेटघाट गरेकै छन, बिन्ति पत्र चडाए कै छन्। तर हातमा लाग्यो शुन्य।

एनआएएनका सभा सम्मेलनका घोषणापत्रमा राजदुताबास स्थापना

विदेशमा बसेका सबै नेपाली हरुको छाता संगठन ले चिर परिचित नेपालीहरुको साझा सस्था एन आर एन का विभिन्न समयमा आयोजना हुने गरेका राष्ट्रिय , क्षेत्रिय एवं अन्तरास्ट्रिय सभा सम्मेलन हरुमा अटाएका घोषणा पत्र हरुमा स्पेन पोर्तुगलमा राजदुताबास स्थापना भन्ने शब्द नौलो होइन र सायद मानिदैन होला यसबाट सबै एन आर एन अभियन्ताहरु चिर परिचित नै छन्। सम्मेलनमा एजेन्डा उठाउने अनि छलफल गरी घोषणा पत्र बनाउन खप्पिस हाम्रा एन आर एन अभियन्ता हरु सग पनि उत्तर छैन कहाँ गएर बसेका छन् ती हाम्रा एजेन्डा हरु र कति दगुर्न सफल भएका छन् कार्यान्वनहरु ? सम्बन्धित निकायले चासो लिएको देखिएको छ छैन कसैलाई पत्तो छैन।

पेरिस स्थित नेपाली दुताबासमा धेरै धाए

यूरोप महादेशका धेरै देशका गैर आवासीय नेपालीहरुको माग पनि स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ बनिसकेको छ। स्पेन , पोर्तुगलमा गैर आवासीय नेपाली संघ लगाएत राजनैतिक , क्षेत्रिय , सामाजिक , जातिय संघ सस्था हरु पनि राजदुताबास स्थापनार्थ खुबै ओहोर दोहोर पनि गरे तर ती ओहोरदोहोरहरु निकम्बा साबित भए कसैले माखो मारेको देखिएन। पेरिस दुताबास धाउदाका तस्बिरहरु केवल फेसबुक र टुइटर का भित्ता हरुमा सिमित भएर बसे उता नेपाल सरकार भने मौन बसेको छ।

दुताबास स्थापनार्थ स्पेन र पोर्तुगलका नेपालीहरुको सामाजिक संजालमा झगडा

जब डेनमार्कको कोपन्हेगनमा नेपाली राजदुताबास बन्द हुने अबस्थामा आयो त्यही मौका पारेर स्पेन र पोर्तुगल मा बसोबास गर्ने नेपाली हरु कोपन्हेगनको राजदुताबास आफ्नो ठाउँमा सार्नु पर्छ भनेर आ आफ्ना फेसबूकमा तर्क बितर्क गर्दै आफन्त आफन्त दाजु भाई, दाजु भाइ हरु बास्तबिकतामा नगई र नबुझिकनै
झगडा गर्न थाले। यो कत्तिको जायज हो बुज्नु जरुरि छ। जहाँ भए पनि समस्या आखिर समस्या हो। समस्या उत्पन्न भयो भने एक न एक नेपालीलाई नै पर्ने हो। पोर्तुगलको समस्या चाही समस्या तर डेनमार्क स्पेनको समस्या चाही समस्या होइन ,यूरोपको रेसिडेन्सीको लागि अहिले २ ,४ महिना डेनमार्क आएको बिधार्थी भोलि स्पेन पोर्तुगल जान बाध्य हुनु पर्दैन ? अनि डेनमार्क छदा राजदुताबास चाहिने लाई भोलि स्पेन पोर्तुगल हुदा कागजी कारबाहीको लागि कहाँ जाने ? ,डेनमार्क गएर हुन्छ ? बेल्जियममा रेसिडेन्सीको लोभमा आफ़ो देशकै पासपोर्ट च्यातेर बर्षौ सम्म केष गरेर बसेको नेपाली पछिल्लो समस्यामा कहाँ जाने ? यस्ता सयौ समस्या हरु छन् सबै ठाउँका समस्या साझा छन्। त्यसकारण स्पेन पोर्तुगल यो त्यो भन्ने होइन सबै ठाउमा रहेका आफ्नो जनता हरुलाई राज्य ले ध्यान दिनु पर्दछ समान व्यवहार गर्नु पर्दछ। र यो राज्यको दायीत्व पनि हो।

रास्ट्रपती ,प्रत्येक सरकारका मन्त्रि , पत्रकार सबैलाई भेटे अब कोही बाकी छैनन्।

स्पेन तथा पोर्तुगलमा खुलेका विभिन्न राजनीतिक जातीय क्षेत्रिय एवं सामाजिक सबै खाले संघ सस्था हरुका प्रतिनिधिहरुले आफ्ना पार्टीका ठुला नेता ,प्रधान मन्त्रि, मन्त्रि गण ,पत्रकार लगायत राज्यका उच्च पदस्थ अधिकारी हरु भेट्न पर्ने कसैलाई बाकी राखेका छैनन् हस्ताक्षर र ज्ञापन पत्र पनि कति बाडिए बाडिए केहि लेखोजोखा नै छैन। तर नेपाल सरकार मौन छ बोल्ने ब्यक्य फुटेको छैन दुधे बालक जस्तो बनेर।