१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रिमियर लिगको खेलाडी खरिद–बिक्री प्रक्रिया सुरू

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७८, बिहीबार ०४:०७

इंग्लिस प्रिमियर लिग फुटबलको ‘समर ट्रान्सफर विन्डो’ (खेलाडी खरिद–बिक्री प्रक्रिया) खुला गरिएको छ । प्रिमियर लिगले जुन ९ बाट औपचारिक रुपमा ट्रान्सफर विन्डो खुलेको जनाएको छ ।

ट्रान्सफर विन्डो आगामी अगस्ट ३१ मा बन्द हुने प्रिमियर लिगले जनाएको छ । १२ हप्ताको यस अवधिमा प्रिमियर लिग क्लबले खेलाडी किनबेच गर्ने छन् ।

प्रिमियर लिगको सन् २०२०-०२१ सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सन् २०२१-०२२ को सिजनको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।