८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार महासंघ यूकेमा ८८ दशमलव ३७ प्रतिशत मत खस्यो

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७८, बिहीबार १८:५९

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको पाँचौँ कार्यसमितिका लागि आइतवार हुने निर्वाचनमा ८८ दशमलव ३७ प्रतिशतको मत खसेको छ ।

पत्रकार महासंघ बेलायतका कुल ४३ मतदातामध्ये पोस्टलबाट बुधवार सम्म सबै ३८ मतदाताले मतदान गरेका छन् ।

मतदानका लागि पोस्टल मतपत्र मागेका सबै ३८ मतदाताले मतदान गरी आफ्नो मतपत्र निर्वाचन समितिलाई बिहीबारसम्म पठाइसकेको प्रमुख निर्वाचन आयुक्त रमेश सराङकोटीले जानकारी दिए ।

पोस्टल मतदान नगर्ने बांकी पाँच जनाले यही आइतबार प्रत्यक्ष मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रत्यक्ष निर्वाचनमा मतदान गर्नेहरुमा श्यामकुमार लुइंटेल, बिमला सेने, एभरेष्ट गौतम, सन्जयभक्त कंडेल र विपिन निरौला छन् ।

शाखाको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा दुई दुई जना गरि ६ जना उम्मेद्वार निर्वाचनको मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

प्राय सबै पदहरुमा निर्विरोध भएपनि अध्यक्ष पदमा ध्रुवराज अर्याल र श्याम लुइंटेल, वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार र संजयभक्त कंडेलबीच प्रतिस्पर्धा हुँदै छ भने नरेन्द्र बस्नेत र जगन्नाथ कार्की महासचिवका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि शाखाको खुला उपाध्यक्षमा शिव भण्डारी र महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध भइसकेका छन् । त्यस्तै, दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम पनि निर्विरोध भएका छन् । ६ सदस्यको ठाउँमा गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङ पनि निर्विरोध बनेका छन् ।

शाखाको निर्वाचनको लागि रमेश सराङकोटीको संयोजकत्वमा पूर्वअध्यक्षहरु चिरन शर्मा, नविन पोखरेल, पत्रकार केशव भण्डारी, संगिता मरहट्टा रहेको एक निर्वाचन समिति गठन गरिएको छ ।

सो समितिको सल्लाहकारमा दिपक भट्टराई कानूनी सल्लाहकार चयन भएका थिए । नेपाल पत्रकार महासंघले बरिष्ठपत्रकार भगिरथ योगीलाई केन्द्रिय प्रतिनिधीको रुपमा खटाएको छ । [democracy id=”22″]