४ बैशाख २०८१, मंगलवार
Follow Us

युरोकप फुटबल आजबाट सुरु

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार ०२:४३

युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । यसपटक युरोपका १० देशका ११ शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।

इटालीको रोममा आज हुने उद्घाटन खेलमा घरेलु टोली इटालीले टर्कीसाग खेल्दैछ । यो खेल नेपाली सयम अनुसार राति पौने १ बजे सुरु हुनेछ । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।