७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए युकेको सदस्यता लिने म्याद थपियो

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७८, शुक्रबार २३:४७

लण्डन । गैरआवासीय नेपाली संघ युकेले आगामी सोमवार साँझ सम्म सदस्यता वितरणलाई कायम राख्ने भएको छ ।

गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमितीको बिहीवार बसेको आकस्मिक बैठकले सोमबार सम्म म्याद थपेको हो । संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार बैठकमा आएका सुझावहरुलाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो ।

बैठकमा एनआरएनए यूकेका निर्वतमान अध्यक्ष तथा आईसीसी सदस्य योग कुमार फगामी तथा आईसीसी सदस्यहरु सुशिला राई, लिला देवी गुरुङ, रामशरण सिंखडा, दयानिधी सापकोटा, सुरोज मास्के, अर्काराज तिम्सेनाको उपस्थिती रहेको थियो । बैठकमा कार्यसमितीका ३१ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसअघि संघको संरक्षक परिषदले समेत सदस्यता वितरणको मिति थप्न कार्यसमितिलाई सुझाव दिएको थियो ।