१३ बैशाख २०८१, बिहीबार
Follow Us

वैद्यले फिर्ता लिए अभिव्यक्ति, रेकर्डबाट हटाउन सभामुखसँग आग्रह

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ०७:४०

काठमाडौँ । बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले शुक्त्वार रोष्टममा बोलेको अभिव्यक्ति फिर्ता लिएका छन् । प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिएका र रेकर्डबाट हटाउन वैद्यले सभामुखसँग आग्रह गरेका हुन् ।

शुक्रवारको प्रदेशसभा बैठकमा उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेका छन्, यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिने सम्भावना छ । त्यसैले मेरो आग्रह, यो देश बचाउन नाथुराम गोड्से आवश्यक पर्यो । कोही नाथुराम गोड्से बन्न तयार छैन भने मै बन्दिन्छु ।’

उनको अभिव्यक्तिपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले कारबाही गर्न माग गरेका छन् । एमालेले प्रधानमन्त्रीको हत्याको धम्की दिएको भन्दै भर्त्सना गरेको छ । उनकै दल नेपाली काँग्रेसले पनि अराजक अव्यिक्ति भएको भन्दै फिर्ता लिन निर्देशन दिएको थियो । सोही बमोजिम उनले अभिव्यक्ति फिर्ता लिएका हुन् ।

‘हाम्रो सम्माननीय प्रधानमत्रीप्रति मेरो रिसिवी होइन । म महात्मागान्धीलाई असाध्यै मान्ने । अहिंसा फिलोसफीलाई असाध्यै मान्ने । अनि वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे । तर, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको हाम्रो देशमा जुन किसिमको प्रवृत्ति देखिन्छ । जुन किसिमको उहाँको क्रियाकलापहरु देखिन्छ । जुन किसिमले उहाँले आफ्नो सत्ता बचाउनका लागि, आफ्नो सिट बचाउनका लागि जुनसुकै हथकण्डा अप्नाएको देखिन्छ । जुनसुकैसँग सम्झौता गरेको देखिन्छ । त्यो कुराबाट म असाध्यै भावावेगमा आएर आफ्नो कुरा पोख्ने सिलसिलामा मैले आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको जस्तो गरेको फिल गरेँ’, उनले आजको बैठकमा प्रष्टीकरण दिएका हुन् ।