८ बैशाख २०८१, शनिबार
Follow Us

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ०७:५६

सुर्खेत । कोरोना संक्रमणका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै आएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा हातपात भएको छ ।

देशका विभिन्न स्थानमा राहत बाडदै हिडेका शाहीको समुहमाथि शुक्रबार राति ११ बजे सुर्खेतमा स्थानीयले आक्रमण गरेका हुन् । प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ ।

टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले यो घटनामा आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको बताएका छन् ।

झडप भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।