१२ बैशाख २०८१, बुधबार
Follow Us

मनसुन सक्रिय, देशैभर वर्षा

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ०७:५८

काठमाडौं । हिजोबाट शुरु भएको मनसुन सक्रिय हुँदा दैशैभर वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा हिजोबाट नै वर्षा भइरहेको छ भने देशका अधिकांश स्थानमा पानी परेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षाका हुने सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन मौसम पर्वानुमान महाशाखाको आग्रह गरेको छ ।

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा हिजोबाट मनसुनको आगमन भएको हो । आगामी साता मनसुन सक्रिय भई देशका केही स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।