४ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार ०९:२२

दमक । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गर्नुभयो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभयो । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउनुहँुदै अध्यक्ष ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ भन्नुभयो ।

उहाँले संविधान संशोधन विधेयक संसद्मा झुक्याएर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याउनुभयो । उहाँले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताउनुुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिनुभएको वक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उहाँको भनाइ थियो ।