७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा पृथ्वी जयन्ती (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ पुष २०७३, बुधबार १८:१९

लन्डन । बेलायतस्थित नेपाली समूदायले २९५ औं पृथ्वी जयन्ती मनाएका छन् ।
राष्ट्रवादी संगठन बेलायतको आयोजनामा बुधवार लन्डनमा राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९५ औं पृथ्वी जन्मजयन्ती मनाइको हो ।
15894474_1323710184315998_457451013063857448_n
वाटफोर्ड रोडस्थित हिमालयन क्लवको सभाहलमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई राजनीतिक दलहरुले उपहास गर्दा नेपालको राष्ट्रिय एकतमा नै आँच आएको अभिव्यक्ति दिए । उनीहरुले शाहका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको तर्क गरे ।

15894513_1323709394316077_9099519293116558913_n

समाजसेवी डा. राघवप्रसाद धितालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकारहरुले मुक्तक र कविता मार्फत पृथ्वी नारायण शाह प्रति श्रद्धासुमन ब्यक्त गरे । कार्यक्रममा शीवजी श्रेष्ठ, विकलचन्द्र आचार्य, चिरन्जीबी ढकाल, कृष्ण भट्ट, बसन्त शाह, हरि थापा, लगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

नारायण अधिकारीले सन्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका थिए ।

15894576_1323709087649441_6893110424028465792_n

15895007_1323708927649457_7155117350208101595_n

15977021_1323708887649461_6116018162485789456_n
फोटो – एभ्रेष्ट गौतम