१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियामा इलामेलीको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार ०६:३०

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिनुभयो ।
मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ । बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ ।