७ बैशाख २०८१, शुक्रबार
Follow Us

३३ किलो सुन काण्डमा दुई भन्सार अधिकृत पक्राउ

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार ०६:५२

काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका दुई अधिकृतलाई सिआईबीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । दुबईबाट ल्याइएको अवैध ३३ किलो सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो । सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।