१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नमूना वस्ति बनाउन एनआरएन अध्यक्ष घलेको बासै लाप्राकमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार १०:५४

लन्डन । गैरआवासीय नेपाली संघको सकृयतमा भूकम्प पिडितहरुको लागि लाप्राकको गुप्सी पाखामा करीव ५७३ आवास गृह निर्माणका लागि संघका अध्यक्ष शेष घले खटिएका छन् । संघका अनुसार घलेले परियोजना कार्यालय स्थापनाका लागि २३ डिसेम्बर देखी ३१ डिसेम्बर र ६ जनवरी २०१७ देखी ९ सम्म लाप्राकमै बास बसेका थिए ।

सरकारले आवासगृह निमार्णका लागि स्वीकृत प्रदान गरेपछि गैरआवासीय नेपाली संघले गुप्सी पाखामा परियोजना कार्यालय निर्माण गरी भवन निर्माण सम्बन्धि आवश्यक कार्यहरु संचालन गरिरहेको बताएका
छ ।

आवास गृहमा सहयोग गर्न चाहने स्वंयम सेवकको लागि बस्न योग्य अत्यावश्यक सुविधाहरुको बन्दोबस्त भएपछि गैरआवासीय नेपाली संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई स्वयंमसेवकको रुपमा परिचालन गराउने भएको छ ।

संघको प्रवक्ता रन्जु थापाका अनुसार स्वंयमसेवकका लागि दर्ता प्रक्रिया सबैका लागि खुला गरिएको छ ।
गैरआवासीय नेपाली संघले सबैलाई स्वंमसेवक दर्ता प्रक्रिया तयार भएपछि इमेल मार्पmत विस्तृत सूचना सहित जानकारी गराइएको छ।

गुप्सी पाखामा निर्माण कार्यलाई चाहिने आवासगृह, पानी टंकी, चीनबाट ल्याईएको ईटा छाप्ने मेशिन, डोजर, सोलार र अन्य परियोजनालाई चाहिने आवश्यक सामग्रीहरु काठमाडौंबाट ढुवानी गरिसकिएको संघले जनाएको छ ।

संघका अध्यक्ष डा. शेष घलेको नेतृत्वमा गएका भ्रमण टोलिका सदस्यहरु अमेरिकाज्का क्षेत्रीय संयोजक सोनाम लामा, आइसिसि सदस्य जमुना गुरुङ, आईसिसि सदस्य एसि शेर्पा, संघका सल्लाहकार टि.वि कार्की, वैदेशिक रोजगार राहत कोष कार्यदलका सहसंयोजक श्याम तामांग, गोर्खा च्यानलका प्रमुख सम्पादक तथा युकेका गैरआवासीय नेपाली राजेन्द्र भट्ट र अन्य मुलुका गैरआवासीय नेपालीहरुको टिम लाप्राक पुगेको थियो ।
unnamed (2)

15781728_820085648132365_5304517389791039405_n

unnamed

unnamed (1)