१५ चैत्र २०८०, बिहीबार
Follow Us

संविधान कार्यान्यनको जिम्मेवारी दलहरुमा

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार १३:१७

इटहरी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अहिले दलहरूसामु संविधानको सफल कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभएको छ ।
काँग्रेस सुनसरी क्षेत्र नं १ ले आज धरानमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्ध तुल्याउनका लागिसंविधानले दिएको उपलब्धिलाई संस्थागत ढङ्गले कार्यान्वयनमा सबै राजनीतिक दल एक ढिक्का हुनुपर्छ भन्नुभयो ।
सुरुङ्गा (झापा)– महामन्त्री डा कोइरालाले संविधान संशोधन गरी निर्वाचन गर्नाको विकल्प नभएको बताउनुभएको छ ।
बिर्तामोडमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“निर्वाचनको विकल्प छैन, दलहरू मिलेर निर्वाचनमा जान ढिलाइ गर्नुहुँदैन, संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा जानु नै उत्तम विकल्प हो ।