१५ चैत्र २०८०, बिहीबार
Follow Us

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ:गच्छदार

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार १३:२२

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै उहाँले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको विचार प्रकट गर्नुभयो ।

‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई प्रमुख तीन दलले तोडेको कारण’ले समस्या सिर्जना भएको बताउँदै उहाँले सीमाङ्कनको विषय राजनीतिक भएकाले दलहरूबीच सहमति आवश्यक रहेकामा जोड दिनुभयो ।