July 8, 2020
11:22 AM | 4:07 PM

बेलायती महारानीबाट प्राध्यापक सूर्य सुवेदीलाई अर्को सम्मान

  12th January 2017 मा प्रकाशित

लन्डन । बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् ।

न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले जानकारी दिएको छ । वीनेपालीका अनुसार क्यूसीको शाब्दिक अर्थ महारानीको मानार्थ कानुनी सल्लाहकार हुन्छ ।

प्रा. सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेवापत उक्त पदवी दिइएको बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मान पदवी आगामी फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरिने छ ।

विज्ञप्तिमा प्रा. डा. सुवेदीलाई मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पांच वर्ष र संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गरिएको छ ।

सुवेदीसंगै बेलायतको न्याय र कानुन क्षेत्रमा लब्ध प्रतिष्ठित अरु 
पांचजना वरिष्ठ कानुनवीदहरुलाई पनि क्यूसीमा नियुक्त गरिएको छ । यसअघि बेलायती महारानीले सुवेदीलाई सन् २००४ मा अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (ओबिइ) उपाधि प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया