१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन र प्रज्ञाप्रतिष्ठान बीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार ०७:१४

गत १२ जनवरी २०१७ का दिन गैर आवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठान बीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिको निम्ति अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणालाई नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी कार्यलयमा निमन्त्रणा गरिएको थियो । एनआरएनको तर्फबाट अध्यक्ष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सहमतिको निमित्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रबद्र्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले भूमिका निर्वाह गर्नुभएको थियो ।
thumbnail_NRN-Academy-sign3
आगामी ७ औ एनआरएन विश्व सम्मेलनको अवसरमा बृहत संगोष्ठि गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने लगायतमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रको अवधि आगामी २ बर्ष रहनेछ भने । संयोजक तिगेलाले युकेमै रहेर सहमतिपत्रलाई अन्तिमरुप दिएका थिए । यसअघि पूर्वअध्यक्ष जीवा लामिछाने यस कार्यदल संग सम्बन्धित संयोजक हुनुहुन्थ्यो ।