१५ चैत्र २०८०, बिहीबार
Follow Us

म सबैको साझा उम्मेदवार हो: डा. बद्री केसी, अध्यक्ष (प्रत्यासी) एनआरएनए

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार २१:०६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि आफु साझा उम्मेदवार भएको बताएका छन् ।

डा. केसीले अमेरिकास्थित पत्रकार किरण मरहट्टासंग एक टेलिभिजनको लागि अन्तरवार्ता दिदै कुनै पनि राजनीतिक दलको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । डा. केसीले उनलाई राजनीतिक दलले उम्मेदवार नबनाएको तर सबैको साझा उम्मेदवार भएको बताए । उनले पछिल्ला सबै निर्वाचनमा आफुले सफलता प्राप्त गरेको स्मरण गर्दै चुनाव जित्ने निश्चित भएको बताए ।

डा केसीले सन्टे टिभीको लागि दिएको अन्तरवार्ताको भिडियो