१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपा: पासा पुच: अमेरिकाद्वारा शताब्दी पुरुष जोशी र जनकवि श्रेष्ठलाई सम्मान

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार ११:००

काठमाडौं । नेपाः पासा पुचः अमेरिकाय्ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा शताब्दी पुरुष डा सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठलाई आज यहाँ सम्मान ग¥यो ।

नेपाल भाषा, साहित्य र संस्थाको मुखपत्र ‘दबू’को निरन्तर प्रकाशनका लागि पु¥याउनुभएको योगदानको कदरस्वरुप उहाँहरुलाई संस्थाका अध्यक्ष सरोज प्रजापति सम्मान गर्नुभएके हो ।

उक्त संस्था अमेरिकाको वासिङ्टनमा सन् १९९१ मा राम मालाकारले स्थापना गर्नुभएको थियो । उक्त संस्थाले नेपाल भाषा र संस्कृतिको जगेर्नाका साथै नेपालका अनाथ बालबालिकालाई छात्रवृत्ति तथा प्राकृतिक विपद्मा परेकाहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।

संस्कृतिविद् डा जोशीले नेपाल भाषामा प्रकाशित कृतिलाई एक्काइसौं शताब्दी अनुकूल अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर पस्कने काम भएमा मात्र त्यसले मातृभाषा र मातृभूमिको इज्जत बढ्ने बताउँदै यस्ता गतिविधिलाई अघि बढाउन प्रवासमा रहेका नेपाली समुदायसँग आग्रह गर्नुभयो ।

अधिकारकर्मी तथा साहित्यकार मल्ल के सुन्दरले अमेरिका बसेर आफ्ना सन्ततिलाई मातृभाषा, संस्कृति र परम्परामा निपुण बनाउन गर्दैआएको प्रवासीको कामलाई देशभित्रै भाषा र संस्कृतिलाई बिर्संदै गरेका काठमाडौंका नेवार समुदायका लागि अनुकरणीय रहेको बताउनुभयो ।

सो कार्यक्रममा मुखपत्र ‘दबू’को प्रकाशनमा विशेष सहयोग पु¥याउनुभएका अनिल स्थापित, अर्विन्द्रमान सिंह र राजेन्द्र ढकाललाई पनि सम्मान गरिएको थियो ।