१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२१ असार २०७८, सोमबार १९:१५

बेलायतमा रहेका कलाकार विनोद चिपालुको अभिनयमा स्वदेशको झल्को मेटाउने गीत ढिकीको याद आयो सार्वजनिक भएको छ ।

विरानो परदेशवाट स्वदेशको माया र गाउँठाँउका पूराना सांस्कृतिक घरायसी सामग्रीहरु र गाँउले रहनसहनबारे तयार पारिएको उक्त गीत ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

इनास यूकेको प्रस्तुति तथा मोडल विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा इनास यूके अध्यक्ष समेत रहेका विनोद चिपालुका साथमा मोडल पवित्रा आचार्यको अभिनय तथा गायक आनन्द कार्कीको गायन र सुरेन्द्र रानाको शव्द रचना रहेको छ।

चर्चित मोडल किशोर चिपालु, सुशान्त चिपालु,पत्रकार संजयभक्त कंडेल,अजय महर्जन, माधवलाल श्रेष्ठ, सनुजा श्रेष्ठ र सेजल गौतमको अभिनय रहेको छ।

नेपाली चलचित्र उद्योगका प्रतिष्ठित निर्देशन देवकुमार श्रेष्ठको निर्देशनमा तयार भिडिओ नेपाल, बेलायत, अष्ट्रेलिया र फ्रान्समा छायाँकन गरिएको थियो ।

भिडियोको सम्पादन, कलरिङ तथा इफेक्ट आशिष श्रेष्ठ, छायाँकन गुणदेव घिमिरे र अम्बर चित्रकार, मेकअप पूजा शाहीले गरेको उक्त म्यूजिक भिडियाको निर्माण सविना चिपालुले गरेकी हुन् । गाँउमा कुटानी पिसानी गर्न प्रयोग गरिने ढिकी जाँताको याद आएको, परदेशमा शरीर भएपनि मन भने स्वदेशमा रहेको भाव उक्त गीतमा दर्साइएको छ ।