७ बैशाख २०८१, शुक्रबार
Follow Us

न्यायाधीश नियुुक्तिप्रति असन्तुष्टि

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार ११:३५

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीले न्याय परिषद्ले गरेको न्यायाधीश नियुक्तिको निर्णयप्रति आपत्ति जनाएको छ । तमलोपाले आज विज्ञप्ति जारी गरी न्यायाधीश नियुक्ति संविधानमा समावेशिताको प्रावधान विपरीत गरेको आरोप लगाएको छ । तमलोपाका प्रवक्ता विमलप्रसाद श्रीवास्तवले यस्तो निर्णयले लोकतन्त्र र समावेशी न्यायतन्त्रलाई कमजोर पार्ने विचार व्यक्त गर्नुभयो ।