७ बैशाख २०८१, शुक्रबार
Follow Us

७९ पाउन्डको खाना, हजार पाउण्ड टिप्स

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार १३:५९

लन्डन । उत्तरी आयरल्यान्डको पोर्टाडाउन सहरमा रहेको एउटा भारतीय रेस्टुरामा खाना खाएर खुशी हुँदै पाहुनाले एक हजार पाउन्ड टिप्स दिए । उनले खाना खाएको बिलको रकम जम्मा ७९ पाउन्ड थियो । शहरको इन्डियन ट्री रेस्टुराका सेफ शब्बीर सत्तारका अनुसार टिप्स दिनुभन्दा अगाडि सम्मानसाथ बोलाए र हजार पाउन्ड हातमा राखिदिइन् । टिप्स दिने व्यक्तिले आफ्नो परिचय दिन चाहेनन । उनी पाँच अन्य साथीहरुसँग गत शुक्रबार खाना खान रेस्टुरामा आएकी थिइन् । टिप्स दिने बेलामा उनले भनिन्, यो सानदार खानाको साथसाथै सेवा शुल्कवापत म यो रकम दिन चाहन्छु । रेस्टुराका मालिक लुना एकुशले भनिन, यो टिप्स उदारको एउटा नमूना हो । उनले भनिन, ‘आभार व्यक्त गर्ने यो सबैभन्दा सरल तरिका हो । तर यसको प्रभाव धेरै पर्छ, हामी सबै यसबाट हैरान छौं ।’
टिप्स दिने ग्राहकले भनिन्, यो सबैका लागि हो । सबैले बराबरी बाँडेर लिनुहोला । एकुश भन्छन्, मलाई लाग्दैन, यसभन्दा अगाडि कसैले यति धेरै रकमको टिप्स दिएको छ । लुनाले भनिन्, म रेस्टुराका सेपलाई धन्यवाद दिन चाहन्छु । किनभने उनले ग्राहकलाई खुशी तुल्याए ।
– बीबीसीबाट