११ बैशाख २०८१, मंगलवार
Follow Us

क्षेत्री समाजको च्यारिटी कार्यक्रम नहुदैं १० हजार पाउण्डको प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार २१:३४

लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्नका लागि शनिवार हुने विशेष च्यारिटी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । एम्पायर हल अल्डरसटमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको समाजले जनाएको छ । मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतका अनुसार शुक्रवार साँझ सम्म १० हजार पाउण्ड भन्दा बढीको प्रतिबद्धता आइसकेको छ ।

च्यारिटी कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई प्रमुख अतिथीको रुपमा डाकिएको छ । कार्यक्रममा श्रीमति पुनम सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, युरोप संयोजक कुल आचार्य लगायत पत्रकार, समाजसेवी तथा विशिष्ठ व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।

सोही अवसरमा राजदूत दम्पत्तिलाई सफल कार्यकालको शुभकामना दिंदै बिशेष स्वागत तथा सम्मान कार्यक्रम गर्ने तयारी गरिएको छ ।
च्यारिटीबाट संकलित रकम समाजमा आपतविपतका बेला खर्चने आयोजकले जनाएको छ ।