१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फाइनल खेलको पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता

नेपालब्रिटेन डट कम्
२७ असार २०७८, आईतवार १९:५८

लण्डन । युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप २०२० को उपाधिका लागि अहिले इंग्ल्याण्ड र इटालीबीच प्रतिस्प्रधा भइरहेको छ।

वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको छ।

इंग्ल्याण्डले खेलको सुरुवाती समय दोस्रो मिनेटमा लुक शको गोलमार्फत १ – ० को अग्रता लिएको हो। केइरन ट्रिपेएरको पासमा शले उत्कृष्ट गोल गर्दै घरेलु टोलिलाई महत्वपूर्ण अग्रता दिलाएका हुन। यो गोल युरोकप फाइनलमा सबै भन्दा छिटो समयमा गरिएको गोल हो।

पहिलो हाफमा दुवै टोलिले प्रयाप्त गोल गर्ने अवसर भने सिर्जना गर्न सकेनन। दुवै टिम आजको खेल जित्दै उपाधि आफ्नो नाममा गर्न चाहान्छन।

इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इटालीसँगको फाइनल भेट पक्का गरेको हो। इंग्ल्यान्डले सोचे जस्तो प्रर्दशन गर्न नसके पनि डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।

यस्तै इटालीले सेमिफाइनलमा तीन पटकको युरोपियन च्याम्यिन स्पेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। रोमान्चक खेलमा स्पेनलाई ४ २ गोलले पराजित गर्दै इटालीले फाइनलको यात्रा सुनिश्चित गरेको हो।

घरेलु टोलि इंग्ल्याण्ड पहिलो पटक युरोकपको उपाधि उचाल्न चाहान्छ। सन् १९६६ मा घरेलु मैदान वेम्बलीमा घरेलु समर्थकमाझ वेस्ट जर्मनीलाई ४ – २ गोलले पराजित गरेर इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। ५५ वर्षको सोही इतिहासलाई दोहर्याउँदै इंग्ल्याण्ड आज पहिलो युरोकपको उपाधि जित्न चाहान्छ।

पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्दै दोस्रो पटक युरोकपको उपाधि जित्न चाहान्छ।

फुटबलमा गर्विलो इतिहास बोकेको इटालीले पनि युरोकप उपाधि जित्न नसकेको भने ५३ वर्ष वितिसकेको छ। सन् १९६८ मा आफ्नो एकमात्र युरो कप उपाधि जितेको इटाली त्यसपछि सन् २००० र २०१२ का युरो संस्करणमा फाइनलसम्म पुगेर पराजय भोगेको थियो।