१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चर्चित युवा गायक यमबुद्धको लण्डनमा निधन

नेपालब्रिटेन डट कम्
१ माघ २०७३, शनिबार १५:३६

यमबुद्ध भनेर चिनिने चर्चित युवा गायक (-यापर) अनिल अधिकारीको निधन भएको छ।

बीबीसी नेपाली सेवाले उनका एकजना नजीकका आफन्तलाई उद्धृत गर्दै अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको जनाएको छ।

उनी २९ वर्षका थिए।

उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो।

उनको शव कोरोनर कहाँ लगिएको र बुधबार पोष्टमार्टम गरिने बताइएको छ।

पोष्टमार्टम पछि उनको शव नेपाल लैजाने सोचाइ भैरहेको पनि पारिवारिक सूत्रले जनाएको छ।

उनका आफन्तहरुले स्वर्गीय यमबुद्धको परिवार अहिले अत्यन्तै पीडामा रहेको भन्दै उनको परिवारलाई ‘प्राइभेसी’ दिन सबैलाई आग्रह गरेका छन्।