७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनअारएन अमेरिकाको पाँचौ साधारणसभा टेक्ससमा सुरु

नेपालब्रिटेन डट कम्
१ माघ २०७३, शनिबार २१:१५

टेक्सास। गैर अावासीय नेपाली संघ (एनअारएनए) अमेरिकाको पाँचौ वार्शिक साधारण सभा टेक्ससको डालस शहरमा सुरू भएको छ । शनिबार आयोजित साधारण सभाका प्रमुख अतिथि परराष्ट मन्त्री डा. प्रकाशशरण महतले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको छ ।

एनअारएनए उपाध्य्क्ष कुमार पन्तको आतिथ्यतामा सुरु भएको वार्शिक साधारण सभालाई संघका क्षत्रीय संयोजक सोनाम लामा, संघका पुर्व अध्य्क्ष खगेन्द्र जिसी, नेपाली कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, जनसंपर्क समिती अमेरिका सभापति आनन्द बिष्ट, अगुवा समाजसेवी कृष्ण लामिछाने लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

संघको १७ स्थानिय च्याप्टरका प्रतिनिधि र सहभागीहरुलाई संघका अध्य्क्ष केशव पौडेलले स्वागत गर्नु भएको थियो । संघको टेक्सास च्याप्टरको आतिथ्यतामा आयोजित वार्शिक साधारण सभाले संघको बिधान, नेपालमा जारी भुकम्प पीडित सहयोग पारीयोजना र स्थानिय च्याप्टरका बिषयमा छलफल हुने आयोजकले जानकारी गराएका छन ।
‘कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन उपाध्यक्ष कुमार पन्त’