७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षेत्री समाजको च्यारिटीमा १६ हजार पाउण्ड संकलन

नेपालब्रिटेन डट कम्
१ माघ २०७३, शनिबार २१:५७

लन्डन । क्षेत्री समाज बेलायतले आपतकालिन राहत कोष अभिवृद्धि गर्नका लागि शनिवार भएको च्यारीटी कार्यक्रमबाट १६ हजार भन्दा बढी पाउण्ड संकलन भएको छ । मिडिया कोअर्डिनेटर नरेन्द्र बस्नेतका अनुसार शुक्रवार साँझ सम्म १० हजार पाउण्ड र कार्यक्रममा उठेको रकम सहित १६ हजारभन्दा बढीको प्रतिबद्धता आएको हो । कार्यक्रमस्थलबाट नेपालब्रिटेन डट कमलाई जानकारी दिदैं बस्नेतले भने ‘सम्पूर्ण हिसाबको विवरण आउन बाँकी नै छ अहिले सम्म प्राप्त प्रतिबद्धता हेर्दा १६ हजार पाउण्ड भन्दा बढी नै उठ्ने सम्भवना छ’ ।

एम्पायर हल अल्डरसटमा आयोजना भएको कार्यक्रममा बेलायतस्थित नेपाली सँघसंस्थाका प्रतिनिधीहरुको उलेख्य उपस्थिती थियो ।
2
च्यारिटी कार्यक्रममा बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, हाउस अफ कमन्स्का सदस्य एमपी बीरेन्द्र शर्मा, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, युरोप संयोजक कुल आचार्य लगायतले शुभकामना सन्देश दिएका थिए ।

सोही अवसरमा राजदूत दम्पत्तिलाई सफल कार्यकालको शुभकामना दिंदै बिशेष स्वागत तथा सम्मान गरिएको थियो ।
च्यारिटीबाट संकलित रकम समाजमा आपतविपतका बेला खर्चिने आयोजकले जनाएको छ ।