८ बैशाख २०८१, शनिबार
Follow Us

मंगल ग्रहबाट ढुंगा ल्याई अध्ययन गरिने

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७८, बिहीबार ०४:४२

लण्डन । मंगल ग्रहमा पुगेको अमेरिकाको अन्तरिक्ष यानले त्यहाँबाट ढुंगाका नमुना संकलन गरी पृथ्वी ल्याउने तयारी गरेको छ । अन्तरिक्षयान ढुंगा ल्याउन तयार रहेको अन्तरिक्ष एजेन्सी नाशाले जनाएको छ ।

औंला जति ठुलो ट्युबमा बन्द गरी पृथ्वी फर्किदा यानसंगै ढुंगा पनि ल्याउने तयारी नाशाले गरेको हो । सो ढुंगालाई पृथ्वीमा ल्याएपछि कुनै समय मंगल ग्रहमा जिवको अवशेष रहे नरहेको अध्ययन गरिनेछ ।

गत फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको सो यान ज्वालामुखी जजेरो नजिक रहेको छ । नाशाको रोबोटले १ किलोमिटरको यात्रा गरेको थियो । यानले मंगल ग्रहमा कुनै समय तलाउ रहेको क्षेत्रबाट नमुना संकलन गर्ने नाशाले उल्लेख गरेको छ ।