१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गायक यम बुद्धको निधन प्रति नेपाली राजदूतद्धारा दुःख ब्यक्त

नेपालब्रिटेन डट कम्
१ माघ २०७३, शनिबार २२:०१

लन्डन । युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेको नेपाली दूतावास लन्डनले पुष्टी गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीले शनिवार अबेर आफ्नो टुईटर मार्फत अधिकारीले आत्महत्या गरेको जनाएका छन् । उनले लेखेका छन् धेरै दुःखद समाचार सुने । लोकप्रिय एवंम प्रतिभाशाली गायक यम बुद्ध (अनिल अधिकारी) ले लन्डनमा आत्महत्या गरे । डा. सुवेदीले अधिकारीको निधनमा गहिरो दुःख ब्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।

यसअघि परिवारीक स्रोतले उनी आफ्नो बाथरुममा मृत भेटिएको जनाएको थियो ।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ। बुधवार मात्र पोष्टमाटम गर्ने तयारी भैरहेको पारिवारीक स्रोतले जनाएको छ ।

मृत्यु भएको पुष्टी गर्दै कारणबारे पोष्टमार्टम पछि मात्र भन्न सकिने पारिवारीक स्रोतको दावी छ ।