१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७८, शनिबार ०७:५३

काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो ।

स्वास्थ्य कार्यालयकाले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा मुनिका नागरीकले खोप लगाउन विधुतिय दर्ता नम्बर ल्याउनुपर्ने जनाएको छ ।

कार्यालयका अनुसार १८ वर्ष देखी ५० वर्षका नागरीकले विद्युतिय दर्ता नम्बर लिएर खोप लगाउन आउनुपर्ने हुन्छ । सबैलाई अनलाइन दर्ता गरी सो नम्बर लिएर आउन समेत अनुरोध गरीएको छ । सबै पालिकामा सोही अनुसार खोप कार्यक्रम संचालन गर्न पनि भनिएको छ ।

खोपका लागि काेराेना खाेप यस लि‌कमा गएर फारम दर्ता गराउन सकिन्छ ।