७ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार ०९:२७

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ ।
पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गते अगावै लगत सङ्कलन गरी पार्टीमा अभिलेख राखिने छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन समिति अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको छ । साधरण सदस्य भएकामध्येबाट केहीलाई वडा समितिमा मनोनयन गरिने छ । उहाँले यही माघको दोस्रो हप्ताभर देशभर वडा, गाउँ र नगर कार्यसमितिको अधिवेशन तथा माघ २१ गते दुई सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने जानकारी
दिनुभयो । पार्टीको केन्द्रीय अधिवेशन भने आगामी फागुन ६–९ गतेसम्म काठमाडौँ गरिने तय भइसकेको छ ।
नगर कार्यसमितिबाट प्रतिनिधि छनोट गरिने छ । सोअनुसार महानगरपालिकाबाट चार, उपमहानगरपालिकाबाट तीन, नगरपालिकाबाट दुई, प्रत्येक निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ नौ, क्रियाशील भ्रातृ सङ्गठनबाट चार जनाको अनुपातमा प्रतिनिधि छनोट गरिने छ ।
पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था पार्टीले गरेको थियो । सोहीअनुसार पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरबाट नयाँ सदस्यता लिनुभएको छ ।